मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्बाचन बाट एन्फामा नँया नेतृत्व आउदै



वैशाख २२, २०७५ अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्य समिती निर्वाचन आज हुँदैछ । राजधानीको सानेपास्थित एक होटलमा केहिबेर अघि निर्वाचन प्रक्रिया सुरु भएको हो। निर्वाचनले एन्फाको नयाँ नेतृत्व चयन गर्नेछ ।

एन्फा नेतृत्वका लागी कर्मा छिरिङ शेर्पा र मणि कुँबरले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । यद्यपी कुँबर प्यानलले हिजो पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गरेको छ।  कुँबरले नेतृत्वका लागि प्रक्रियागत हिसाबमा उम्मेदवारी दर्ता गराएको र उम्मेदवारी फिर्ता गर्ने समयभित्र पनि फिर्ता नलिएकाले उनको उम्मेदवारी कायमै रहेको निर्वाचन समितीले जनाएको छ । वैशाख १२ गते पाटन उच्च अदालतले अन्तरिम आदेश खारेज गरेसँगै एन्फा कार्य समितीका लागि आज निर्वाचनको बाटो खुलेको थियो ।

निर्वाचनबाट एक अध्यक्ष, चार उपाध्यक्ष, र १० सदस्सय चयन हुनेछन् । त्यसका लागि ४५ जिल्ला, २८ क्लब र चार संघ गरी ७७ जना मतदाता रहेका छन् । निर्वाचनमा कुँबर प्यानल भन्दा  कर्मा छिरिङ शेर्पा प्यानल बलियो देखीएको छ । कर्मा छिरिङ शेर्पाले अध्यक्ष जित्ने सम्भाबना रहेको समाचार छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार  ९ : ४९ बजे