कति छीटै फेरिए ? प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली



काठमाडौं ।

नेपालि राजनितीमा लम्पसारवाद भन्ने शब्द प्रयोगमा ल्याएर तयसलाइ नारा बनाउने अरु कोहि नभएर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुन । त्यहि शब्द आजभोलि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली लाइ सबै भन्दा सुहाउने बिशेषण साबित भएको छ

केही समय अघाडि सम्म रास्ट्रबादि नेताको उपमा पाएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको  रास्ट्रबादको पारो यतिबेला निकै तल झरिसकेको छ । सत्ता र भोटका लागि जे सुकै बोल्न र जे सुकै गर्न पछि नपर्ने गुण प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग प्रचुर मात्रामा देखिएको छ । पछिल्लो समय समाचार माध्यम र सामाजिक सन्जालमा तिब्र आलोचना हुदा समेत प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाइ तेस्ले छोएको देखिदैन ।

नेपालि राजनितीमा लम्पसारवाद भन्ने शब्द प्रयोगमा ल्याएर तयसलाइ नारा बनाउने अरु कोहि नभएर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुन । त्यहि शब्द आजभोलि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली लाइ सबै भन्दा सुहाउने बिशेषण साबित भएको छ ।

एमालेका नेता कार्यकर्ताहरुलाइ समेत प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लज्जाबोध गर्नुपर्ने स्थीतिमा पुर्याय सकेका छन ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेपाली जनता दुःख दिएर पनि कमाएको त्यो राष्ट्रवाद र अहिलेको यो लम्पसारवाद छरपष्ट भएको छ ।

भारतले लगाएको नाकाबन्दीसंग जोडेर ओलीलाई नेपाली जनताले प्रशंसा गरे ।ग्यास चुलो बाल्ने सोझा नेपालीले दाउरा बालेर राष्ट्रवाद पनि घन्काए । ओलीले नेपालीको त्यही सोझोपनलाई स्वार्थमा बदले । नाकाबन्दीका समयमा ओलीको जति प्रशंसा भयो उनले त्यति नै बढी फाइदा उठाए । एमालेले फाइदा उठायो ।

 

यो कुरालाई एमालेका केही नेताले त छलफलकै क्रममा स्वीकार्दैै आएका छन् । अर्कातर्फ मधेसका नेतालाई भारत परस्त आरोप लगाएर देशभर ‘एन्टी इन्डियन प्रपोगण्डा’ रचेर ओली सफल भएका छन् ।

यसो गर्नुको पछाडि ओलीको चुनावी योजना थियो । उनीसंग एमालेलाई चुनावमा लैजानका लागि कुनै योजना थिएनन् । एमाले संविधान संशोधनको विरोधी थियो । उसले कहीं कतैबाट समर्थन नपाउँदा के गर्दा भोट पाउन सकिन्छ भनी चाल चलेका थिए ।

त्यो योजना सफल भएको छ । नेपालमा रहेको ‘एन्टी इन्डियन सेन्टिमेन्ट’लाई ओलीले भजाएर रणनीति सफल बनाए तर राष्ट्रवादको नारामा अलिकति पनि सत्यता देखिएन । जनताको भावनाको राजनितिक शोसण मात्र देखियो आज पनि नेपाल भारत सम्बन्धमा नेपालि ले शीर झुकाएनु पर्ने थुप्रै बीषय हरु छन ती बिषयलाइ  प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले दर्बिलो ढंगले जन  उठाउलान भन्ने जन  भरोसा अब सकएिको छ

हिजोको दिनसम्म भारत नजिक भएको चरित्रमा परिचित ओलीलाई त्यही विरोधी प्रक्रियाका कारण जनताले साँचो सम्झेर सघाए । ओलीको त्यो व्यवहार अहिले भने लम्पसारवादमा परिणत भएको छ । जनतालाई धोका दिएका छन् । सीमामा भारतीय एसएसबीका मान्छेहरु आएर नेपालीमाथि दमन गर्दा पनि ओलीले नबोलिदिँदा ओलीको लम्पसारवादी चरित्र उदांगिदै गएको छ । सीआइबीले सीमा स्तम्भ ढाल्दा पनि एमाले बोल्दैन त !

ओलीले भारतीय दूतावासबाट खर्च गर्न पाउने ‘साना लघु योजना’ लाई खुला गरिदिएर अर्को लम्पसारवादको नमूना देखाएका छन् । जबकि त्यो योजना गलत तबरले भइरहेको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए ।

नेपाली जनतालाई धोका दिएर पेट्रोलियम पदार्थबाट तस्करी गरेर पैसा कमाउने योजना पनि सफल भयो र अहिले फेरि उनी लम्पसार पर्दा पनि ओलीलाई फरक त पारेन । आखिर ओली आफूलाई शक्तिकेन्द्रमा राखिरहन चाहन्छन् । यसबीचमा जनताले के पाए ?

ओली भारतको सबैभन्दा नजिक भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर नै पुग्दैछन् । केन्द्रमा रहेर स्वागत गर्नुपर्ने प्रधानमन्त्री प्रदेशमा जानुलाई पनि लम्पसारबादको विष्लेषण गर्न थालिएको छ ।  यस अघिका कुनै प्रधानमन्त्रीले देखाउन नसकेको भारत भक्ती प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाउन थालेको सर्बत्र चर्चा हुन थालेको छ

प्रकाशित मिति : २३ बैशाख २०७५, आइतबार  ९ : १२ बजे