मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धमाकेदार गित लिएर आयो डश म्युजिक टिम



पछिल्लो समय साँगितिक बजारमा एकपछी अर्को लगातार रमाइला अनि नृत्यपरक फरक शैलीका स्वाद मिसेर गित सँगित पस्किन माहिर साँगितिक टिम “डश म्युजिक “र चाम्लिङ ईन्टरटेइन्टमेन्ट्ले फेरि पनि “फास्ट-फास्ट” (कल्पना) बोलको रमाईलो अनि दमदार डान्सिङ गितको म्युजिक भिडियो यूट्युबमार्फत सार्बजनिक गरेको छ।


गायक शंकर थापा स्माईल र गत बर्ष चस्मवाला र लसममालस बोलको गितबाट चर्चामा आएकी गायिका सुमि चाम्लिङ राईको श्वोर भरिएको यो गितमा ब्यस्त यूवा गितकार: डि.पी खनालको शब्द रचना रहेको छ भने प्रतिभासाली सँगितकार: शंकर थापा स्माईलको सँगित र सर्बाधिक चर्चित सँगित सँयोजक: उदयराज पौडेल को सँगित सँयोजन रहेको छ।

अहिलेकी चर्चित नायिका तथा हालै एपिवान टेलिभिजन मार्फत प्रसारित रियालेटी सो “बुगिवूगी”कि निर्णायक प्रियंका कार्की र भारतिय टेलिभिजन सो डिआईडी बाट आफुलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा उनको डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको भिडियोलाई अनिल कुमार मानन्धर ले खिचेका छन् भने भिडियोलाई सम्पादन बिकाश ज्ञवालीले गरेका छन्। सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यश गितको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रस्तुत गरिएको हो।
हेर्नुस् भिडियो

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार  ५ : २५ बजे