मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदर्शन थापा निर्देशित चलचित्र – रामकाहानिको गीत सार्बजनिक



सुदर्शन थापा निर्देशित चलचित्र रामकाहानिको ‘तिम्रो लागि म छु‘’ बोलको गीत हालै युट्युब मार्फत सार्बजनिक भएको छ ।

तिम्रो लागि म छु‘’ बोलको गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईले कम्मर मर्काएका छन् ।

अर्जुन पोखरेल शब्दरसंगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कोरियोग्राफी भने कविराज गहतराजले भरेका छन् । गीतलाई धुर्मुस(सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो ।

सुदर्शन थापा निर्देशित सिनेमामा पूजासँगै सुदर्शनको पनि लगानी छ । माथि उल्लेखित कलाकारका अलावा सिनेमामा रविन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत लगायतका कलाकारको अभिनय छ । सिनेमा यहिँ वर्षको भदौ २२ मा रिलिज हुदैछ । चलचित्र राम्रो बनेको र चलचित्रलाइ दर्शकले मन पराउनेमा आफु बिश्वस्त रहेको निर्देशक सुदर्शन थापाले न्यु सन्चारलाइ बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलबार  ३ : ५९ बजे