मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनाको गुल्म नसार्न सोलु कांग्रेस नेताहरुको सरकारसँग माग



एक दशक देखि सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरिमा रहेको नेपालि सेनाको गुल्म अन्यत्रै स्थानान्तरण गर्ने सरकारी निर्णय उपयुक्त नभएको भन्दै नेपालि कांग्रेस सोलुखुम्बुका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन ।

नेपालि कांग्रेस सोलुका नेता एबं समाजसेवि, व्यबसायी प्रकाश सिंह कार्की सहितको कांग्रेस नेताहरुको टोलीले रक्षामन्त्री इश्वर पोख्रललाइ भेटेर सल्लेरिमा रहेको नेपालि सेनाको गुल्म यथावत  राख्न माग गरेका हुन । जिल्लाको पर्यटन, हाइड्रो पावर,फाप्लु एयरर्पोट लगाएतको सुरक्षा जिम्मेवारी तथा बिपत ब्यबस्थापनको लागि सल्लेरिमा रहेको नेपालि सेनाको गुल्म यथावत राख्न नेता हरुले माग गरेका हुन ।

सदरमुकाम सल्लेरिबाट नितान्त टाढा रहेको ओखल्ढुंगा ब्यारेकले सोलुको सुरक्षा हेर्ने सरकारी नीर्णय ब्यबहारीक नभएको भन्दै निर्णय सच्याउन रक्षा मन्त्री सँग नेताहरुले माग गरेका हुन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार  ४ : २५ बजे