मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट कम छुट्टीएकोमा कामु प्रधानन्याधीसको असन्तुष्टी



काठमाडौं। सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सरकारले न्यायपालिकालाई न्यून बजेट विनियोजन गरेको बताएका छन्। काठमाडौँ स्कूल अफ लद्वारा आज यहाँ आयोजित ‘कानूनी समुदायमा व्यावसायिक आचरणः सिद्दान्त र अभ्यास’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले भने “सरकारसँग न्यायपालिकाका लागि आवश्यक बजेटको माग गरिए पनि गत वर्षको भन्दा न्यून बजेट विनियोजन भएको छ।”

प्रधानन्यायाधीश जोशीले न्यून बजेटका कारण न्यायपालिकाको कामकारवाहीमा समस्या आएको बताउँदै “न्यायपालिकामा बजेट अभाव भएका कारण सामान्य कार्यक्रम गर्न पनि दाताको मुख ताक्नुपर्ने अवस्था रहेको छ,”भने। “बजेटको एक प्रतिशत रकम न्यायपालिकाका लागि विनियोजन गर्नुपर्छ,” उनले भने।

सो अवसरमा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले कानून क्षेत्रमा व्यावसायिक आचरणको प्रयोग कमजोर ढंगबाट भएको बताउँदै वरिष्ठ अधिवक्ताहरु नयाँ पुस्ताका लागि मार्गनिर्देशक बन्नुपर्नेमा उल्टै रिस गर्ने र मुद्दा अड्काएर राख्नेजस्ता काम गर्नाले पेशा अमयार्दित बन्न पुगेको धारणा व्यक्त गरे। रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार  ४ : ३४ बजे