आज दिनभरी नै काठमान्डौ को ट्राफिक अस्तब्यस्त हुने



काठमाडौं भाद्र १५, बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमान्डौ आएकामध्ये ४ राष्ट्रका कार्यकारी प्रमुख आज स्वदेश फर्किने कार्यक्रम भएकोले आज दिनभरी जसो नै काठमन्डौ को ट्राफिक अस्तब्यस्त हुने भएको छ ।

सम्मेलनमा सहभागी हुन काठमाडौं आएकामध्ये ४ राष्ट्रका कार्यकारी प्रमुख आज स्वदेश फर्कदैछन् । बंगलादेश, थाईल्याण्ड, म्यानमार र भारतका कार्यकारी प्रमुख आजै फर्कने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दिउँसो १ बजे, थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओच दिउँसो १ बजेर ४० मिनेटमा, म्यानमारका राष्ट्रपति विन मिन्ट ४ बजे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ६ बजे स्वदेश फर्कनुहुनेछ । भुटान सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना पर्सी आईतबार फर्कने कार्यक्रम छ ।

दिउँसो साढे १२ बजे देखी नै विशिष्ट पाहुनाको सवारीका कारण आज पनि काठमाडौंको ट्राफिक व्यवस्थामा असर पुग्ने प्रहरले जनाएको छ । सवारी चाप कम गर्न लागु गरिएको जोर विजोर प्रणाली अनुसार आज विजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले आग्रह समेत गरेको छ । सवारीको तालिका अनुसार मध्यान्ह साढे १२ बजेदेखि साँझ ६ बजेसम्म नै काठमाडौं उपत्यकको सवारी आवागमन प्रभावित हुने भएकोले सर्बसाधरन जनाताले सास्ती भोग्नु पर्ने देखिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  ५ : ०२ बजे