क्यान्सरको उपचाररत बलिउड अभिनेत्रीको छोरालाई भावुक सन्देश



बलिउड अभिनेत्री सोनाली बेन्द्रेले अहिले अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । यसैक्रममा उनले आफ्नो छोराको १३ औं जन्मदिनमा सामाजिक संजालमार्फत एक भावुक सन्देश पोस्ट गरेकी थिन । उनले सामाजिक संजालमा ‘रणवीर मेरो सूर्य, मेरो जून, मेरो तारा र मेरो आकाश । शायद म केही बढी नै नाटकीय र भावुक भइरहेकी छु तर तिम्रो १३ औं जन्मदिनको लागि यो सबै उपयुक्त छ ।’

‘वाउ, अन्ततः तिमी किशोर (टिनएजर) भएका छौ । मलाई थोरै समय चाहिन्छ, म यो कुरा मेरो दिमागमा राखुँ कि अब तिमी टिनएजर हौ । म तिमीलाई बताउन सक्दिन कि मलाई तिमीमाथि कति गर्व छ । तिम्रो बुद्धिमानी, विवेक, शक्ति, दयालुता र चकचकेपनमा । ह्याप्पी बर्थडे माइ ‘नट सो लिटिल वन’ । यस्तो पहिलो पटक भएको छ जब हामी दुई सँगै छैनौं । म तिमीलाई धेरै मिस गरिरहेकी छु । तिम्रो लागि धेरै माया ।’लेखेकी थिन ।

क्यान्सरको उपचारको बीचमा सोनाली धेरै किताबहरु पढिरहेकी छिन् । उनको एक फोटो पनि सार्वजनिक भएको थियो जसमा सोनाली एक बुक स्टोरमा देखिएकी थिइन् । फोटोमा सोनालीको हातमा किताब थियो । केही दिन पहिले उनका साथीहरुले पनि सोनालीलाई धेरै किताबहरु गिफ्ट दिएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  ११ : २० बजे