मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कंचनपुर मै फेरी अर्को बलत्कार , प्रहरी भन्छ- अपराधी हरुको खोजी हुँदै छ



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणसँगै कञ्चनपुरमा अर्को पाशविक घटना घटेको छ । निर्मला बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामुहिक सामुहिक बलात्कार भएको छ । बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि विहीबार राति सामुहिक बलात्कार भएको हो ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीकाअनुसार किशोरीको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएका थिए ।

सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बलात्कार गरेर चारै युवक भागे दुई युवकसँग चिनजान थियो । पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार चारै जना फरार छन् । फरार चारै जनाको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

पीडित किशोरीको मेडिकल गराउने प्रहरीले तयारी गरेको छ । किशोरी अहिले सुरिक्षित रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  ११ : ५३ बजे