मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बल्ल सरकार ब्युझियो , कंचनपुर घटनाको बारेमा छल्फल गर्न मन्त्रिपरिषदकाे आकस्मिक बैठक बस्दै



काठमाडौं – मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बिहान बसेको नेकपाको सचिवालय बैठकले कञ्चनपुर घटनालाई गम्भीरता पूर्वक लिँदै छानबिन गर्न निर्देशन दिएपछि गम्भीर बनेको सरकारले मन्त्रिपरिषद बैठकबाटै ठोस निर्णय गर्ने बुझिएको छ ।

घटनामाथि छानबिन गर्न गृहमन्त्रालयले आजै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरको छ भने घटनामा संलग्न भएको आशंकामा बबिता बम र रोशनी बमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्रिपरिषदले घटनाको छानबिनका लाथि थप निर्णय लिने स्रोतको भनाइ छ । बेलुका ६ः३० का लागि बोलाइएको बैठकमा सहभागी हुन मन्त्रीहरु बालुवाटार पुगेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार  १ : ३९ बजे