मौन रहेका काङ्रेश सभापती देउबा हिजोको सम्सद बैठकमा किन भए एक्कासी आक्रामक ?



काठमाडौं भदौ, १०–
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्य आफै दोषी जोगाउन लागेको आरोप लगाएका छन् । उनले राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको प्रष्ट पारे ।

आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरे ।

उनले भने, ‘कञ्चनपुर घटनाको अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ’ उनले थपे ‘दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्न गर्नु अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए । ‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो’ देउवाले भने ‘बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको आरोपसमेत लगाए ।

प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर प्रधानमन्त्री केपी ओलीले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ४ : २९ बजे