आज संसद लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलि



काठमाडौं भदौ, १२–
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् ।

आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलबार  ९ : ०३ बजे