मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिमस्टेकको शिखर सम्मेलन मा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा



काठमाडौँ – भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलन को सरकार ले अन्तिम तयारी गरिरहेको छ । अरुबेला जस्तो भयपनी पहुना लाई देखाउन भयपनी काठ्मान्डौ शहर र सडकको सुन्दरता र बिशेश सरसफाइ गरिएको छ भने सरकारले गर्नुपर्ने कुटनितिक तयारी र आउने सबै राष्ट्रप्रमुख एबम अन्य बिशिस्ट पाहुनाको स्वागत तथा ब्यबस्थापन को तयारी सकियको जानकारी प्राप्त भएको छ

एसै क्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार काठ्मान्डौ आइ पुगेका छन ।

सरकारले उनको यात्रालाई आधिकारिक भ्रमणको मान्यता दिएको छ । यसको अर्थ दुई दिनअघि नै नेपाल आउन लागेका म्यानमारका राष्ट्रपति विनले द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उनी मंगलबार बेलुका नेपाल आइपुग्ने छन् । विनले बुधबार बिहानै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने तय भएको छ । यस्तै बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउने छन् ।

सचिवस्तरीय बैठकमा विशेषगरी विद्युत सञ्जाल (विद्युत कनेक्टिभिटी) का सम्बन्धमा छलफल हुने परराष्ट्र सचिव भरतराज पौडेलले जानकारी दिए ।

यस्तै बैठकमा बैठकमा गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनताबिचको सम्पर्क विस्तार, प्रतिआतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनका बारेमा पनि छलफल हुनेछ ।

बैठकमा नेपालाले विशेषगरी विद्युत सञ्जाल (विद्युत कनेक्टिभिटी) का सम्बन्धमा छलफल र सम्झौता गर्न चाहेको परराष्ट्र सचिव भरतराज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलबार  ९ : ५९ बजे