मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिमस्टेक का सदस्य राष्ट्रप्रमुख हरुको यस्तो छ नेपाल भित्रिने र बाहिरिने समय तालिका



काठमाडौं भदौ, १३–
नेपालमा मौसमको हिसावले हिले बर्षाको समय उचाईमा पुगिरहेका बेला बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको तयारीको चटारो ले छपक्कै छोपेको छ । हिलोमैलो र वर्षातलाई झेल्दै नेपालले बिमस्टेकको शिखर बैठकको अन्तिम तयारी पूरा गरेको छ । बिमस्टेकको शिखर बैठकमा भाग लिनका लागि विदेशी अति विशिष्ठ पाहुनाहरु नेपाल आउने क्रम पनि सुरु भैसकेको छ । यसै क्रममा

मंगलबार मात्रै म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौस्थित त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । उनी शिखर सम्मेलनमा भाग लिए पश्चात भदौ १५ गते ४ बजे नेपालबाट म्यानमार फर्किने कार्यक्रम रहेको उच्च प्रहरी स्रोतले जनाएको छ ।

त्यस्तै, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा भदौ १४ गते बिहान १०ः२५ बजे नेपाल आईपुग्ने कार्यक्रम तय भएको छ । उनी शिखर सम्मेलन सकिए पश्चात भदौ १५ गते थाइल्याण्ड फर्कने कार्यक्रम रहेको छ ।

शिखर बैठकमा भाग लिन आउने क्रममा भुटानका प्रधानमन्त्री÷प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक भदौ १३ गते (बुधबार) बिहान ८ः५ बजे काठमाडौं आईपुग्ने कार्यक्रम रहेको छ । बैठकमा भाग लिए पश्चात उनी भदौ १६ गते ८ः४५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

त्यस्तै, बंगलादेशका प्रधानमन्त्री शेख हसिना भदौ १४ गते बिहान ९ः१५ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ । शिखर बैठक सम्पन्न भएपश्चात उनी भदौ १५ गते बिहान ११बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना भदौ १३ गते दिउँसो २ः३५ बजे काठमाडौंस्थित त्रिभुवन विमास्थलमा उत्रिने कार्यक्रम रहेको छ । शिखर बैठक सम्पन्न भएपश्चात उनी भदौ १७ गते साँझ ५ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ गते बिहान ९ः१५ बजे काठमाडौं आईपुग्ने छन् भने शिखर बैठक सकिएपश्चात भदौ १५ गते ११ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको उच्च प्रहरी स्रोतले जानकारी गराएको छ ।

काठमाडौंमा भदौ १४ र १५ गते दुई दिनसम्म चल्ने चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने ७ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखमध्ये बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उमेरको हिसाबले सबैभन्दा ज्येष्ठ प्रतिनिधि हुन् । अन्य शीर्ष नेताहरु प्रायः सबै ६० देखि ६५ वर्षको आसपासमा छन् भने शेख हसिना ७० वर्ष पुगेकी छिन् ।

बिमस्टेक सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भूटानका प्रधानमन्त्री (चीफ एडभाइजर) दासो छिरिङ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागिता हुनेछ । सम्मेलनको अध्यक्षता नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  ४ : ३८ बजे