मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रीय टिमबाट आउट भए रोनाल्डो



काठमाडौं ।
उत्कृस्ट फुट्बल खेलेर सन्सार भरीका समर्थक को प्रशम्शा बटुलेका प्रशिद्द फुट्बलर एबम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई पोर्चुगलले टोलीबाट आउन गरेको छ । पोर्चुगलले घोषणा गरेको टोलीमा २ खेल खेल्ने खेलाडीमा रोनाल्डो नपरेका हुन् । क्रोएसियासँगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा उनी पोर्चुगलबाट नखेल्ने भएपछि टिममा नपरेका हुन्। यही भदौ २१ गते पोर्चुगलले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। यस्तै युईएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलले भदौ २४ गते इटासँग हुने खेलमा पनि रोनाल्डो नखेल्ने भएका छन्।

रोनाल्डो आफ्नै चाहना अनुसार पोर्चुगलको टोलीमा नपरेका हुन्। इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले आराम गर्ने बताइएको छ। रोनाल्डो अहिले इटालीमा सेटल हुने प्रयासमा रहेकाले दुई खेलका लागि टिममा नराखिएको प्रशिक्षक फर्नान्डो सान्तोसले बताए।

रोनाल्डोले पोर्चुगलका पछिल्ला २० मैत्रीपूर्ण खेलमध्ये ८ वटामा मात्रै खेलेका छन् । रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  ७ : ४१ बजे