मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा मा बिबाद – नेता माधव कुमार नेपाल समुह ले बनायो काठमाडौं जिल्ला समानान्तर कमिटी



आईतवार १७ भाद्र २०७५,
काठमाडौं ।

पत्रपत्रिकाबाट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा तल्लो तहका संगठन गठन नहुँदै काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ ।

एकताको लागि गठन भएको कार्यादलले विधि प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटले एकलौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकटले समानान्तर कमिटि सिफारिस गरेको छ ।

काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदल सिफारिस भयो । तर, सो कमिटीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षमा समानान्तर सिफारिस गरेको छ ।

पछिल्लो समय नेता माधव कुमार नेपाल समुह ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलिका गतिबिधी प्रती आपत्ती जनाउदै आइ रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  ४ : १७ बजे