बलिवुड नयिका प्रियंका ले बिहे गर्दा अर्की नायिका कैटरिना लाई मिल्यो खुशी



आफ्नी प्रेमी निकसँगको इंगेजमेन्ट र हलिउडको फिल्ममा नायिकाको प्रस्तावपछि अभिनेत्री प्रियंका चोपडाले छायांकनको केही दिनअघि मात्र फिल्म ‘भारत’ छाडेकी हुन् ।

सलमान र प्रियंकाको जोडीलाई पर्दामा देख्ने दर्शकको चाहना फेरि टुटेको छ । अब प्रियंकाका ठाउँमा अब फिल्ममा दर्शकले अर्की अभिनेत्री कैटरिना कैफ लाई देख्ने छन् । सलमानसँग फेरि जोडी हुन पाउँदा कैटरिनाले खुसी समेत व्यक्त गरेकी छन् ।

आफ्नी प्रेमी निकसँगको इंगेजमेन्ट र हलिउडको फिल्ममा नायिकाको प्रस्तावपछि अभिनेत्री प्रियंका चोपडाले छायांकनको केही दिनअघि मात्र फिल्म ‘भारत’ छाडेकी हुन् ।

निर्देशक अली अब्बास जफरको अब आउने नयाँ फिल्म ‘भारत’ मा छायांकन सुरु हुन लाग्दा अन्तिम चरणमा किन जोडिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा अभिनेत्री कैटरिनाले एक अवार्ड समारोहमा भनेकी थिन , ‘भारतका निर्देशक अली अब्बास जफर मेरा राम्रा साथी हुन् र उनीसँग मैले पहिला पनि मेरे ब्रदरकी दुलहन र टाइगर जिन्दा हैजस्ता फिल्ममा काम गरिसकेकी छु, उनीसँग मैले काम गरेको फिल्म सफल भएको र भारतको स्क्रिप्ट पनि सशक्त भएकाले म यो फिल्ममा अन्तिम चरणमा भए पनि आबद्ध भएकी हुँ ।’

सलमान खानसँग काम गर्न आफूलाई सजिलो लाग्ने भएकाले पनि भारतमा नायिकाका रूपमा जोडिएको उनले बताइन् । आफूलाई निर्देशक अलीले फोन गरेर यो फिल्ममा प्रस्ताव गरेको र फेरि अलीसँग राम्रो फिल्म खेल्न पाएको पनि यिनले बताएकी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  २ : ५४ बजे