मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ फुटबल : उत्कृस्ट खेले पनि पाकिस्तान सग नेपाल पराजित



दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिप अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तान विजयी भएको छ । पाकिस्तानले नेपाललाई २–१ ले हराएको हो ।

दोस्रो हाफको अतिरिक्त समय सकिन केही सेकेन्डमात्र बाँकी रहँदा पाकिस्तानका खेलाडीले विजयी गोल गरे । निर्धारित समय सकिएपछि अतिरिक्त पाँच मिनेट थपिएको थियो ।

बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालका लागि विमल घर्ती मगरले खेल बराबरीमा ल्याएपनि हार टरेन । यो हारले नेपाललाई निकै घाटा लागेको छ । ८२औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले निराजन खड्काको पासमा गोल गरेका हुन् ।

पाकिस्तानका मोहम्मद रियाजले ३६औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै गोल गरे सगै खेलमा पाकिस्तान विजयी भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  २ : ४० बजे