मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गुरुङडाँडामा साप्ताहिक हाटबजार शुरु



खोटाङ भदौ २२

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँको गुरुङडाँडामा साप्ताहिक हाटबजारको उद्घाटन गरिएको छ । स्थानीय स्तरमा उत्पादित बस्तुलाई स्थानीयस्तरमै विक्री वितरण गर्नका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था गरेको हाटबजार व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष शरण कुमार राईले बताए ।

गाउँपालिकाभित्र उत्पादित कृषिजन्य वस्तु विक्री वितरण गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको बजारको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बिहिवार रिवन काटेर बजारको उद्घाटन गरेका हुन । गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७४÷०७५ मा बिनियोजित दुई लाख बजेटबाट डाँडागाउँको गुरुङडाँडामा निर्माण गरिएको बजारमा ३६ वटा स्टल रहेका छन् । बजारको उद्घाटन गरेसंगै अब हरेक बिहिवार साप्ताहिक हाट लाग्नेछ ।

स्थानीय बागधन राईले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको हाटबजारमा हालका लागि अस्थायी चर्पी र एकवटा गोसखान रहेको हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राईको भनाइछ । कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सहजरुपमा विक्री वितरण गर्नका लागि र उत्पादित बस्तु बजार अभावमा खेरनजाओस भन्नका लागि हाटबजारको स्थापना गरिएको पालिका प्रमुख राइले जानकारी दिए ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका” ५ सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा सोमबार र वडा नम्बर ७ टेम्मामा शनिवार हाट लाग्दै आएको छ ।
गुरुङ डाँडामा हाटबजार सञ्चालन आएसंगै गाँउपालिकाभित्र तीन स्थानमा हाटबजार लाग्न थालेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  ३ : २४ बजे