मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चरा का कारण वायु सेवा निगमलाई सास्ति



२३ भदौ, काठमाडौं–मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।

नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।

तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो ।

निगमको प्राविधिक स्रोतका अनुसार जहाजमा एउटा मात्र नभई चराहरूको बथान नै ठोक्किएको आशंक गरिएको छ । तर, कुन प्रजातिको चरा हो भन्नेबारे पहिचान खुलेको छैन ।

समाचारमा उल्लेख भएअनुसार, शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्र/बाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  ११ : ०२ बजे