मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानसेनापति पूर्णचन्द्र थापाले आजबाट सम्हाले , नेपाली सेनाको मुख्य कमान्ड



काठमाडौं भदौ, २४–
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । प्रधानसेनापति थापाले आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार समेत सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागीता थियो । मन्त्रिपरिषद बैठकले थापालाई गत साउन १० गतेप्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै विदा बसेका थिए । विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  ११ : ०८ बजे