मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन लाख सैनिक राखेर रुसले थाल्यो शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास, अमेरिकालाई चुनौती



काठमाडौं भदौ, २६–

रुसले शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

एक साता लामो अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ ।

यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ ।

रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ ।

उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो ।

यो सैन्य अभ्यासले अमेरिकालाई चुनौती दिएको छ ।

सैन्य अभ्यासमा चीन पनि सहभागी हुँदे

चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ ।

मंगोलिया पनि सहभागी हुँदैछ । बीबीसीले जनाए अनुसार मंगोलियाले आफ्ना सहभागी हुने सैनिकको संख्या खोलेको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ६ : १३ बजे