काठमाडौं भदौ, २६–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर फर्के । उनी भारत जानुमा सबैभन्दा ठूलो कारण उनको महत्वाकांक्षाको हात बढी रहेको राजनीतिक जानकारहरु बताउँछन् । प्रचण्ड केपी शर्मा ओलीसंगै नेकपाको नेतृत्व साझेदारी गरिरहेका छन् ।
त्यही साझेदारीलाई अझ बलियो बनाएर शक्ति संगसंगै सत्ता हत्याउन भारत गएको उच्च निकट स्रोत बताउँछ । त्यतिमात्र होइन प्रचण्ड भारतबाट फर्केपछि चीन पनि जाने तरखर गर्दैछन् । प्रचण्डले भारतको मन जित्नका लागि जललाई बढी मलजल गरिरहेका छन् ।
उनले पानीको व्यवस्थापन गर्न भारतसंग सहकार्य गर्न इच्छुक रहेको भन्दै हाइड्रोपावरदेखि सगरमाथाको मिनिरल वाटर विश्वभर बेच्नका लागि भारतको सहकार्य गर्न इच्छुक भएको जनाएका छन् ।
प्रचण्डले चाहँदैमा मात्र यी काम हुने त पक्कै हैनन् तर भारतको मन पगाल्न उनी निकै सक्रियपूर्वक भारतको भ्रमण गरेको विष्लेषण गर्न थालिएको छ । प्रचण्ड आफू प्रधानमन्त्री भएका बेलामा पनि पहिले चीन नगएर भारत नै गएका थिए ।
ओलीको स्वास्थ्य दिनानुदिन खस्किरहँदा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना रहेको समेत औंल्याउन थालिएको छ । यसले गर्दा भविष्यमा कुनै अप्ठेरोमा नपर्नका लागि प्रचण्डले छिमेकी राष्ट्रहरुको भ्रमण गरेका हुन् ।
एक विष्लेषकका अनुसार प्रचण्डको यात्रा सामान्य हो । भारतले पछिल्ला केही जोडी वर्षहरुमा विभिन्न दलका नेताहरुलाई बोलाएर आफ्नो पक्षमा पार्ने रणनीति अपनाइरहेको छ । त्यही रणनीति अनुसार प्रचण्ड भारत गएका हुन् । त्यसअघि देउवा गएका थिए भने भोलिका दिनमा अन्य नेता पनि जानेछन् ।
नेकपाको उच्च स्रोतका अनुसार प्रचण्डलाई सत्तामा होस् वा पार्टीको नेतृत्वमा पुग्दा अप्ठेरोमा पार्ने भारत भएकाले भारतलाई विभिन्न बफादारी सबुत दिएर प्रचण्ड नेपाल फर्केका छन् । अर्थात् भारतले खोजेको एसम्यानको गुण पेश गरेर प्रचण्ड आएका छन् ।
त्यसो त प्रचण्ड छिट्टै चीन भ्रमणमा पनि जाँदैछन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गराउन चीनले अहम् भूमिका खेलेको थियो । त्यसपछि चीनले सोचेको नभएपछि केही रुष्ट भएको थियो । बन्दरगाह पारवहन सन्धी भएपछि धेरै कुरा मिल्दै गएको विष्लेषणसहित चीनप्रतिको शंका पनि दूर भएको बुझ्न थालिएको छ ।
प्रचण्ड चीनका लागि ओलीभन्दा नजिक छन् । प्रचण्डकै मुख हेरेर चीनले पछिल्ला समय नेपाललाई सहयोग गरिरहेको बताइन्छ । ओली भारतभक्त भएको दाग लागेसंगै प्रचण्डले त्यसको क्रेडिट पाएका छन् । अबको प्रधानमन्त्रीका रुपमा प्रचण्डले बाटो सोझ्याएको बुझ्न अप्ठेरो छैन ।