भारतीय जनता पार्टी (भाजपा)ले प्रधानमन्त्री मोदीको जन्मदिनलाई भारतभरी ‘सेवा दिवस’को रुपमा मनाउने



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई भारतीय जनता पार्टी (भाजपा)ले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको भारतिय मिडियाहरु मा समाचार छ । उहाँको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् । प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र सुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बनाउनु भएको छ ।

भारतिय मिडियाहरुका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका वेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नुहुनेछ । त्यसपछि उहाँले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नुहुनेछ । मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छट्याइँने भएको छ । श्रोतले जनाएअनुसार उहाँले झण्डै ६०० करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । वारणासी भ्रमणका क्रममा बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको बुझिएको छ । ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  २ : १० बजे