१९ बर्ष मुनिको क्रिकेट प्रतियोगितामा भारत सग नेपाल पराजित



१९ बर्ष मुनिको क्रिकेट प्रतियोगितामा नेपाल फेरी पराजित हुन पुगेको छ । नेपाल भारत र अफगानिस्तान सम्मिलित क्रिकेट प्रतियोगिताको आज भएको खेलमा नेपाल भारतको ए टिमसँग ८ विकेटले पराजित भएको हो ।

आजको खेलमा नेपालका तीन जना खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सफल भए । जसमा सन्दिप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दासले ४६ रन बनाएका थिए । लखनउमा रहेको इकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर ५ बलमा एक सय ५६ रनमा अलआउट भएको थियो ।

बलिङतर्फ नेपालका पवन सराफ र कमलसिंह ऐरीले एक–एक विकेट लिन सफल भए । ९२ रन हुँदा मात्र चार विकेट गुमाएको नेपालले एक सय ४२ रनमा ६ विकेट गुमाउन पुगेको थियो । जवाफमा भारतले २४ ओभर एक बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । नेपाली बलरमाथि सुरुवातदेखि नै हावी भएको भारतको ए टिमले १३ रनमा पहिलो विकेट गुमायो भने ७८ रनमा दोस्रो विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  २ : २७ बजे