मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइजीपी खनालले जङ्गिदै भने: ‘नालायक अफिसरहरूका कारण प्रहरी बद्नाम भयो’



१ असोज, काठमाडौं–
पत्रपत्रिकाबाट

प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालले अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएपछि प्रक्रिया दिँदै पुलिसको व्यवहार आफूलाई असह्य भएको बताएका छन् ।

भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा आइतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले घुस–काण्डका कारण प्रहरीको इमेज बिग्रीएको बताएका हुन् । दुई जना जुनियर अफिसर सहित (कर्मचारी ) लाख घुस रकम सहित पक्राउ परेपछि उपत्यकामा कार्यरत परिसरदेखि बिट इन्चार्ज सम्मका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै खनालले व्यवहारमा सुधार नभए राजीनामाका लागि तयार रहन भनेका हुन् ।

कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रिएको उल्लेख गर्दैै उनले भने, ‘बेला–बेला संझाउँदा पनि परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ ।’ आईजिपी खनालले सम्झाउँदा नमान्ने प्रहरी कर्मचारीलाई बर्दीको दैनिकीबाट बिदा हुनका लागि तयार रहन चेतावनी दिए ।

बिग्रिएको प्रहरीको इमेज राम्रा काम गरेर सुधार्नुपर्ने उल्लेख गर्दै खनालले नालायक अफिसरहरूका कारण संगठन बद्नाम भएको बताए । आइजीपी खनालले प्रहरीलाई बोली, बचन र आचरण सुधार्न पनि निर्देशन दिएका छन्

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ३ : ३९ बजे