मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंका लागि अग्रिम टिकट बिक्री खुला हुन अब चार दिन मात्र बाकी



१ असोज, काठमाडौं–
बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।

यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।

यातायात व्यावसायीबीच अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।

यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए ।

तर छलफलका क्रममा विभागले माग सम्बोधन नगरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ३ : ५६ बजे