मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो हस्पिटल बीच सम्झौता



काठमाडौं असोज, १–
ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुुन् ।

सम्भौतापत्रमा हष्पिटलका तर्फबाट सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकका तर्फबाट बैंकको बिराटनगर शाखा प्रमुुख शसी शेखर शर्माले हस्ताक्षर गरेकाछन् । सम्झौता पश्चात हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउन छन् ।

बैंकले हाल एक सय ३७ वटा वटा शाखा , १५ वटा राजश्व संकलन काउन्टर, एक सय दुुई वटा शाखा रहित बैकिङ सेवा केन्द्रि र देश बाहिर तीन वटा प्रतिनिधी कार्यालय मार्फत आफ्ना नौ लाख भन्दा बढी ग्राहकलाई बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ९ : ०४ बजे