मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने- भारतीय सेनाध्यक्षले माफी मग्नुपर्छ, उस जमानामा नेहरुले पनि माफी मागेका थिए



काठमाडौं ।

भारतीय स्थल सेनाध्यक्ष विपिन रावतले बिमस्टेक मुलुकबीच भएको सैन्य अभ्यासको समापन गर्दै नेपाल र भुटान नेपालसंग नझुकी सुख नपाउने अभिब्यक्ति दिए सगै नेपालामा सर्बत्र त्यसको चर्को आलोचना शुरु भएको छ ।

बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना शुरु भएको हो ।

रावतले बिमस्टेक मुलुकबीच भएको सैन्य अभ्यासको समापन गर्दै नेपाल र भुटान नेपालसंग नझुकी सुख नपाउने अभिब्यक्ति दिएका थिए ।
रावतले नेपालले आफुलाई भारतबाट अलग गर्ने सोचाइमा छ भने त्यो अन्यथा हुने दावी गरेका थिए । उनले नेपाल र भुटानले भारत बाहेक अन्य राष्ट्रसंग झुकाव राख्न नसक्ने दावीसमेत गरेका थिए ।

गत भदौ १४ र १५ गते नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो ।

नेपालले शुरुमा सैन्य अभ्यासमा सहभागी हुने जानकारी दिएपनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागि नहुने घोषणा गरेपछि भारत नेपालसंग असन्तुष्ट भएको हो ।

यसैबिच नेपाली काँग्रेसले यसको रावतको भनाइप्रति विरोध जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै ‘भारतीय सेनाध्यक्षको नेपाल टिप्पणी गम्भीर छ ! कुन दल के धारणा बनाउंछन्, त्यो दोस्रो कुरा हो । नेपाल राज्यले हाम्रो साझा र प्रष्ट दृष्टिकोण प्रष्ट भाषामा व्यक्त गर्न जरुरी छ ! हेक्का रहोस् उस जमानामा नेहरुले मागेका थिए माफी ! राज्य दुब्ला भए रास्ट्र मोटाउन्या है कमरेड !!’ भनेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ६ : ०५ बजे