मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड’ चिनमा परे जिल्ल,चिनिया रास्ट्रपती र प्रधानमन्त्री सग पाएनन भेटघाट



३ असोज, काठमाडौं–

गत शनिबार चीन प्रस्थान गरेका प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ताका लागि निकै प्रयास ले गरेका भए पनि त्यो सफल हुन सकेन । नेपालस्थित चिनियाँ राजदूतलाई पटकपटक सम्पर्क गरेर राष्ट्रपतिसँगको भेटवार्ता मिलाइदिन उनले आग्रह गरेका थिए । अन्ततः राजदूतले उपराष्ट्रपति र प्रधानमन्त्रीसँग मात्र भेटको व्यवस्था मिलाउन सकेको जानकारी गराउँदै राष्ट्रपतिसँग भेटको व्यवस्था गर्न नसकेकोमा दुःख प्रकट गरेका थिए ।

उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेर भए पनि चित्त बुझाउने मानसिकता बनाएर गत शनिबार चीन प्रस्थान गरेका प्रचण्ड बेइजिङमा प्रधानमन्त्रीलगायतसँग तय भएको भेटघाट पनि रद्द भएपछी थप निराश बनेको बताइएको छ ।

चिनिया रास्ट्रपती र प्रधानमन्त्री सग भेटघाट नमिलेपछी चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो क्रममा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै प्रधानमन्त्रीत्वकालमा भएका चीन भ्रमण र ती भ्रमणका क्रममा भएका छलफल र समझदारीको स्मरण गर्दै ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिएका छन् ।

उक्त अवसरमा उनिहरूबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र अध्यक्ष दाहाल आफैँले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताएका थिए ।

भेटमा अध्यक्ष दाहालले भने, “पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रान्सपोर्ट एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्व राख्दछ । चार वटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।”

उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता, समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाइ थियो ।

विदेश विभाग प्रमुख ताओले भने, “तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।”

चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै नान्जिङ पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए । अध्यक्ष दाहाल चार दिने चीन भ्रमण पूरा गरी बुधबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ७ : १६ बजे