मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भव्य रुपमा मनाइँदै संविधान दिवस,टुडिखेलामा बिशेष रौनक



काठमाडौं असोज, ३–

बुधबार नेपालमा धुमधामका साथ संविधान  दिवस मनईदैछ । सैनिक मञ्च टुंडिखेलमा नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा  विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । उक्त कार्यक्रममा मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थिए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२र६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।

आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको थियो ।

यसै क्रममा   प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन्  ।

संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ९ : ३२ बजे