मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटिहरुको एकता अनिर्णित



काठमाडौं असोज, ४–

पार्टी एकता भएको ५ महिना पुरा भैसक्दा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता अनिर्णित जस्तै बनेको छ । दशैंअघि तल्ला कमिटिहरुमा एकता नहुने नहुने लगभग निश्चित भएको छ ।

नेकपाका माथिल्ला तहका नेतहरु लाइन लगाएर विदेश उड्नु पनि एकता ओझेलमा पर्नुको एक कारणका रुपमा लिने गरिन्छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण भ्रमण अघि बसेको सचिवालय बैठकले एकताबारे निर्णय लिने अधिकार दुई अध्यक्षलाई दिएको भएपनि दुई अध्यक्षबिच आवश्यक होमवर्क हुन नसकेको नेकपाका नेताहरु बताउने गर्छन् । तर, होमवर्क नपुगेको भनिए ता पनि पार्टी भित्रको शक्तिसंघर्ष नै  एकताको मुख्य वाधकका रुपमा लिने गरिएको छ ।

दुई अध्यक्षलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको भएपनि धेरै एकता कार्यदलहरुहरुले आफ्नो कामको प्रतिवेदनसमेत केन्द्रमा बुझाउन सकेका छैनन् । पार्टी अन्तर्गत १ र २ नं. प्रदेशको प्रतिवेदन बुझाइएको छैन भने धेरैजसो जनवर्गिय संगठनहरुको प्रतिवेदन समेत आएको छैन ।

एकताका लागी गठित कार्यदलको प्रतिवेदन नहेरिकन दुई अध्यक्षले समेत निर्णय गर्ने अवस्था नभएको नेकपाका नेता बताउँछन् ।

अर्कोतिर पूर्व एमाले र माओवादी केन्द्रका पूर्व समुहहरुबिच समेत कैंयन सिफारिशहरुमा विमति रहेकाले दुई अध्यक्षहरुलाई निर्णय लिन सजिलो अवस्था छैन ।

एकतामा आएको ढिलाईका कारण पार्टी कामहरु ठप्प जस्तै छन् भने सरकारमा पनि गतिशिलता आउन सकिरहेको छैन ।

साताव्यपी चीन भ्रमणबाट अध्यक्ष प्रचण्ड फर्किएलगत्तै अर्थात अशोज ६ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका भ्रमणमा निस्कने छन् । उनी अशोजको १६ गते फर्कने कार्यक्रम रहेको उनको सचिवालय बताउँछ ।

पार्टी अध्यक्ष अमेरिका भ्रमणमा जाने भएपछि नेकपाका बाँकी एकता दशैं आसपास वा दशै पछिका लागी धकेलिएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  १० : ०२ बजे