मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको नागार्जुन नगर भेला सम्पन्न, नेताहरुको एउटै स्वरः ‘नागार्जुनमा अब कांग्रेस एक ढिक्का ’



काठमाडौं

नेपाली कांग्रेस नागार्जुन नगर कार्य समितिले नगर भेला तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार संविधान दिवसको अवसर पारेर कलंकीको शिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आफूहरु निर्वाचित भएर आएपछि नगरपालिकामा विभिन्न चुनौतिका बाबजुत पनि धेरै काम गरेको तथा अझैं धेरै गर्ने प्रयासमा रहेको बताए ।

मेयर बस्नेतले आफूहरु निर्वाचित भएर आउदा विगत २० औं बर्षदेखि कर्मचारीको भरमा चल्दै आएको स्थानिय तहमा निकै समस्या देखिएको, पार्टी भित्र पनि केही समस्या देखिएको तथा विपक्षीहरुलाई पनि समेट्नुपर्ने बाध्यताले सुरुवाती दिनमा केही समस्या देखिए पनि पछिल्लो समय आफूहरुले जनपक्षिय काममा निकै ध्यान दिएर अघि बढेको बताए ।

उनले अहिलेसम्म आफूहरुले जनताका काम गर्नमै समय व्यतित गरेको तथा कतिपय कमिकमजोरी पनि हुनसक्ने भएकाले जनस्तरबाट आफूहरुका कमिकमजोरी औंलाईदिन नागरिकहरुलाई आग्रह गरे । यदि जनस्तरबाट हाम्रा गल्ती कमजोरी औल्याईदिने हो भने मात्रै आफूहरुले गल्ती सुधार्ने मौका पाउने बताए । मेयर बस्नेतले नगरपालिका भित्र रहेका २० वटा सामुदायिक तथा ७० वटा संस्थागत विद्यालयलाई कसरी सँगै लैजान सकिन्छ भन्ने बारेमा आफूहरुले तयारी थालेको पनि जानकारी गराए । पछिल्लो समय सरकार तथा स्थानिय निकायमा कर आतंक चलिरहेकाबेला यसलाई कसरी जनहितमा प्रयोग गर्न सकिन्छ भनेर विज्ञ डा. बुद्धिमानसँग छलफल अघि बढाएको मेयर बस्नेतको भनाइ छ । उनले अन्य स्थनिय तहको तुलनामा आफ्नो नगरपालिकामा कर अत्यन्तै न्यून रहेको ठोकुवा गरे ।

मेयर बस्नेतले आफ्नो नगरपालिकाले घरबहाल कर पनि जम्मा ८ प्रतिशत लिएको तथा अन्य तहमा १० प्रतिशत रहेको बताए । उनले अब, नगरपालिकाको विकासमा सम्पूर्ण शक्ति लगाउने र अर्को निर्वाचनमा कांग्रेसलाई सबै स्थानमा जिताउन कुनै लागि पर्ने दृढता समेत व्यक्त गरे । नगर प्रमुख बस्नेतले केही समय अघि नियम विपरित काम गर्ने एक इन्जिनियरलाई कारबाही गर्दा प्रधानमन्त्री, सभामुख, रक्षामन्त्रीसम्म उजुरी गर्न पुगेका इन्जिनियरलाई नियमविपरित काम गरेकोमा काबाही गरेरै छाडेको स्मरण गरे । उनले भने, ‘यो नगरपालिकाको मुख्य मान्छे जे भने पनि मै हुँ त्यसैले देशकै मन्त्री प्रधानमन्त्री तथा जो सुँकैले जे भेने पनि मैले नगरपालिकाको अहितमा हुने कुनै काम गर्दिन ।’

उक्त कार्यक्रममा बोल्दै, नेपाली कांग्रेसका नेता तथा क्षेत्र नं. मा कांग्रेसका तर्फबाट प्रदेशसभाका उम्मेदवार धर्मराज गौतमले कांग्रेसले विगतदेखि वर्तमानसम्म खेलेको भूमिकालाई स्मरण गरेका थिए ।उनले पार्टी भित्रको समस्याले गत निर्वाचनमा कांग्रेसले हार बेहोरे पनि अब नागार्जुनको कांग्रेस एक भएकाले आउने निर्वाचनमा कांग्रेसले निर्वाचन आफ्नो पक्षमा पार्ने दाबी गरे । उनले सात दशकमा देशले सातवटा संविधान पाएको भन्दै पटक पटक बनेका संविधानले स्थायित्व प्राप्त गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले कांग्रेस भित्रको विवाद हुनु सामान्य भएको भन्दै जीवन्त पार्टीको विवादले पार्टीलाई बलियो बनाउछ तर, विवाद व्यक्तिगत भन्दा पनि वीपी र सुवर्णको जस्तो हुनुपर्ने बताए । अहिले पछिल्लो समय कर आतंकले जनता आजित भएको भन्दै नेता गौतमले कर लगाउनुपर्छ तर, कस्तो र के मा लगाउने भन्ने प्रष्ट हुनुपर्ने बताए ।

उक्त अन्तरकृया तथा कार्यकर्ता भेलामा नागार्जुन नगरपालिका भित्रका १४ वटा इकाई सभापतिहरुको तर्फबाट वडा नं ८ का इकाइ अध्यक्ष रामहरी मरठ्ठा तथा नगरपालिकाका १० वडा मध्ये कांग्रेसले जितेका ५ वडा वडा मध्येबाट वडा न.ं ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकीले प्रतिक्रिया राखेका थिए । उक्त सभामा बोल्दै वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र वुढाथोकीले आफूहरुले नगरपालिका तथा वडाहरुमा जनहितमा काम गरेको र गर्दै जाने बताए ।

उनले सीतापाईला–रामकोट–भिमढुंगा, स्वयम्भु–इचंगु–चिसापानी तथा मकालु,वडा नं. ७/८ देखि धादिङसम्मको बाटो बनाउन सके कांग्रेसले सबैभन्दा ठुलो उपलब्धी हुने बताए । उनले भने, ‘नगरपालिकाका मेयर सावको कारण आज नागार्जुनका वडा वडामा विकास भएको छ, उहाँ हरेक स्थानको विकासका लागि चिन्तत हुनुहुन्छ ।’ तर, आज सबैले सीतापाइला रामकोट भिमढुंगा सडकखण्डको कारण जनप्रतिनिधिहरुले अपजस भोगिरहनुपरेको उनको तर्क छ । उनले भने, ‘अब सडक विभाग र प्रधिकरणले समयमा काम गरे गर्छन नगरे सम्झौत रद्ध गरुन् नगरपालिका आफैले बाटो बनाउछ ।’ वडाध्यक्ष बुढाथोकीले अब चाँडै मेयरका साथ सडक विभाग र प्राधिकरणसँग बैठक बसेर यो बाटोको बारेमा उचित निर्णय लिने प्रष्ट पारे ।

त्यस्तै, गणेशमाण पार्क बनाउने काम केही समय रोकिए पनि फेरि कामले तिव्रता पाएको उनले बताए । नगरपालिकाले ३५ लाख वडाले २ लाख तथा आफ्नो तर्फबाट १ लाख गरेर जम्मा ३८ लाख रुपैयाँ पार्कको लागि छुट्याएको बताए । आफूहरुले गणेशमाण सिंहको सालिकका लागि धेरै ठाँउमा कुरा गरेको तर, यदि पाईएन भने पनि ५ जना वडाध्यक्ष मिलेर सालिक लिएर छाड्ने बताए । उनले संविधान दिवसको अवसरमा कांग्रेसले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा खुसी समेत व्यक्त गरे ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  १० : ३३ बजे