मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कंचनपुरमै फेरी ६ वर्षीया बालिका बलात्कृत 



५ असोज, कञ्चनपुर–

कञ्चनपुरमा १७ वर्षीया किशोरी (कविता विष्ट) र १३ वर्षीया बालिका (निर्मला पन्त) को बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया  विद्यालयमै बलात्कृत   भएकी छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएकी हुन् ।

कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको परिवारले बताए । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताइन् । ‘छोरी घरआएपछि भात खाइन् । भात खाएपछि सुतिन्,’ आमाले भनिन्,‘छोरीले पोल्यो भन्न थालेपछि छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि सोधेँ ।’ साथीको दाईले लडाएर बलात्कार गरेको छोरीले बताएपछि घटना थाहा पाएको आमाले बताइन् ।

आमाले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय बालकलाई पक्राउ गरेको छ । बालिकालाई साँझ करिब ६ बजे महाकाली अञ्चल अस्पताल लगिएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको हो वा हैन भन्ने विषयमा आफूलाई थाहा नभएको बताए । बिहान ७ बजेदेखि विद्यालय लाग्ने र साढे १२ बजे सकिने भएकाले घटना विद्यालय बाहिर भएको हुन सक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाको बयान अनुसारका सिंहलाई पक्राउ गरिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले मेडिकल रिर्पोटअनुसार घटना बारे विस्तृतमा खुल्ने बताए । नाबालाकको हकमा अभिभावकको जिम्मा लगाएर वा बाल सुधारगृहमा राखेर पनि कारबाही अघि बढाउन सकिने उनले बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ७ : ०५ बजे