गृहमन्त्री थापाप्रति पूर्वगृहमन्त्री रावल असन्तुष्ट,रावलले दिए यस्तो सुझाव



६ असोज, काठमाडौं–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वगृहमन्त्री भीमबहादर रावलले विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा पूर्वगृहमन्त्री रावलले अश्लील सामाग्रीमा प्रतिबन्ध लगाउँदैमा शान्ति सुरक्षा र बलात्कारका घटनामा कमी नआउने बताए ।

‘शान्ति सुरक्षा बनाउन र हिंसा घटाउन विशेष सुरक्षा योजना बनाउनुपर्छ’, उनले भने, ‘अश्लील सामाग्री प्रतिवन्ध लगाउँदैमा हिंसा घट्छ भन्ने मलाई लाग्दैन ।’

सरकारले अश्लील सामाग्रीहरूले गर्दा बलात्कार, महिला हिंसाका घटना भएको दाबी गर्दै त्यस्ता सामाग्रीहरूमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

नेकपाका नेता समेत रहेका रावलले शान्ति सुरक्षाका विषयमा धेरैको चासो र चिन्ता रहेको बताएका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ९ : ११ बजे