मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्या प्रकरण -एसपी दुर्गासिंह चन्दले थालिन निर्मलाका बुबा आमा र परिवारसँग छलफल



निर्मला पन्त हत्या प्रकरणको दोषी पत्ता लगाई कारवाहीको  गर्ने भन्दै कञ्चनपुर पुगेकी एसपी दुर्गासिंह चन्दले निर्मलाको परिवारसँग सोधपुछ गरेकी छन् । उनले निर्मलाको आमा र बुबासँग सोधपुछ गरीसकेकी छन् । एसपी दुर्गासिंह चन्दले अनुसन्धानको शैली परिवर्तन गरेर निर्मलाको परिवारका सदस्यसँग एक्लाएक्लै सोधपुछ गरेकी नेपाल प्रहरीले जानकारी दिएको छ ।

गत बिहीबार निर्मलाका बुबा यज्ञराजसँग घटनाबारे जानकारी लिएकी चन्दले हिजो मात्रै आमा र दिदीसँग छलफल गरेकी हुन् । घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कञ्‍चनपुर प्रहरीलाई अनुसन्धानमा दबाब परेको छ ।

यस घटना ले प्रहरी र सिङ्गो देशकै बेइज्जत भइ सक्दा पनि अपराधी पत्ता नलगाउदा प्रहरी र सरकारका प्रती जनाताको भरोसा घट्दै गैरहेको छ भने  हत्यारालाई कारवाहीको माग गर्दै अहिले देशभरी नै  जनताको असन्तुष्टी बढीरहेको छ ।

दोषीलाई कारवाहीको लागि सरकारले गठन गरेको समितिले पनि सोचे जस्तो काम गर्न नसकेको भन्दै अधिकारवादीहरुले असन्तुष्टी पनि जनाएका छन् । उनिहरुले दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएर लाग्न नसकेको बताएका छन् । सरकारले गठन गरेको अनुसन्धान समितिले भने पछिल्लोपटक भएको प्रगतिबारे जानकारी गराएको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  १२ : ०० बजे