मयूर यातायातले तीन अर्बको लगानिमा दसैं अगावै सय ओटा विद्युतीय बस काठमाडौं ल्याउदै



मयूर यातायातले तीन अर्ब रुपैयाँको लगानिमा  काठमाडौं उपत्यकालाई दृष्टिगत गर्दैै सुविधायुक्त सय ओटा विद्युतीय बस  ल्याउने भएको छ ।   दसैं अगावै सय ओटा विद्युतीय बस काठमाडौं ल्याइने भएको हो। विद्युतीय बस चीनमा तयार भइसकेको मयूर यातायातका अध्यक्ष  मोहन श्रेष्ठ  लाई उधृत गर्दै अखबार हरुमा समाचार छ ।

‘विद्युतीय बससँगै त्यसका लागि आवश्यक पर्ने चार्जिङ् स्टेसन, प्राविधिक तथा दक्ष कामदारसमेत सबै पूर्वाधार पूरा भइसकेको छ,’ उनले भनेका छन , ‘चार्जिङ स्टेसनका लागि कुनै एक उपयुक्त स्थान छनोट गरी कम्तीमा १० देखि १२ ओटासम्म चार्जिङ बुथ राखिने छन् ।’  एक पटक चार्ज गरेपछि ३०० किलोमिटरसम्म कुद्ने र  चार्ज गर्न धेरै समय नलाग्ने  भएकाले दिनको दुई पटक चार्ज गर्न नपर्ने उनको भनाइ छ ।

ठूला लगानिकर्ता हरु पनि मयूरको विद्युतीय बसमा लगानी गर्न इच्छुक रहेकाले लगानीको कुनै समस्या नरहेको भन्दै उनले उक्त बसका लागि तीन अर्ब रुपैयाँको प्रोजेक्ट समेत रहेको जानकारी दिए । यस आधारमा हेर्ने हो भने प्रतिबसको मूल्य साढे दुई करोड रुपैयाँ जति पर्ने उनको अनुमान छ ।

ती विद्युतीय बस ल्याइएपछि कुन रुटमा सञ्चालन गर्ने भन्ने बिषयमा छलफल हुने र  हाल  यी बस चक्रपथ र बूढानीलकण्ठ रुटमा चलाउन सकिने  अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ११ : १२ बजे