काठमाडौंको भृकुटिमण्डपमा चलिरहेको रमाइलो फर्निचर मेला भोली बाट सकिदै



काठमाडौंको भृकुटिमण्डपमा बुधबारदेखि सुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ जारी रहेको छ । अशोज ८ गतेसम्म जारि रहने सो एक्स्पोमा उलेख्य मात्रामा सहभागिता हुदै गरेको आयोजकले जनाएको छ ।

स्वदेशी र विदेशी गरि एक ९० भन्दा बढी फर्निचर र फर्निसिङ सामाग्रीहरुको स्टल रहेको एक्स्पोमा स्टक क्लियरिङका साथै दशै विषेश अफरका सामाग्री समेत रहेको नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव ओम बस्नेतले  बताएका छन ।

यसपटकको  मा  ‘क्लयरीङ टाइम सेल्स’ पनि रहेको र सबै उपभोक्क्ताहरुलाई एउटै छानोमुनी विदेशबाट आयात भएको र स्वदेशी सामानहरु हेर्न पाउने र एकै ठाउँमा खरिद गर्न पाउने मौका हामीले दिएका छौ, महासचिव बस्नेतले भनेका छन । 

यसबाट लाभ लिन समेत उनले सबै उपभोक्ता हरुलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ११ : ४२ बजे