मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेस निकट रवि सिंह विजयी



नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कांग्रेस निकट रवि सिंह विजयी भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार यक्षध्वज कार्कीलाई पराजीत गर्दै सिंह विजयी भएका हुन् ।

सिंहले कार्कीभन्दा १ सय १३ मत बढी प्राप्त गरे । सिंहले ४ सय ६६ मत पाउँदा कार्कीले ३ सय ५३ मत पाएका थिए । अध्यक्षका अर्का प्रत्याशी रामशरण देउजाले ६६ मत पाए । उनी पनि कांग्रेसनिकट हुन् ।

कार्की यसअघि २ पटक अध्यक्षमा पराजीत हुन् भने एकपटक अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनी सिंह प्यानलकै हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  १२ : २० बजे