काठमाडौं असोज, ८–
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयले चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्ने भन्दै काठमाडौंमा चक्काजाम गरेको छ ।
सर्वसाधारणलाई मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो ।
बिहान नौं बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनीमार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गर्दै सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
सरकार जनविरोधी र राष्ट्रघाती बाटोमा अग्रसर भएको भ न्दै उनीहरुले ६ महिनामा पनि सरकारले जनतालाई राहत महसुस हुने गरी कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र सरकारको कडा आलोचना गरेका थिय ।
वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने नेबिसङ का नेता हरुले सरकारलाई चेतावनी दिएका छन ।