मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

०७२ मा केपी शर्मा ओलीनै प्रधानमन्त्री हुँदा गरेको निर्णय उल्ट्याउने प्रस्ताब  मन्त्रिपरिषद्‌मा



चैत ०७२ मा केपी शर्मा ओलीनै प्रधानमन्त्रीन हुँदा  सरकारले २० वर्षे सवारी सञ्चालन रोक्ने निर्णय गरेको थियो। अघिल्लो आफ्नै सरकारको निर्णय उल्ट्याउने गरी २० वर्षे पुराना गाडी चलाउन दिने प्रस्ताव  मन्त्रिपरिषद्‌मा पुगेको छ।

 काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्षे पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पुर्‍याएको छ।

मन्त्रालय स्रोतका अनुसार गाडी चलाउन सक्ने अवस्था हेरेर काठमाडौं उपत्यका र पोखराबाहेकका क्षेत्रमा २० वर्षे पुराना गाडी चलाउन दिने प्रस्ताव गरिएको छ।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्षे सवारी चलाउन दिने सम्बन्धमा ‘भेइकल फिटनेस’ र ‘रोड वर्दिनेस’को आधारमा सवारी परीक्षण गर्ने र परीक्षणबाट उपयुक्त देखिएका सवारी चलाउन दिने प्रस्ताव मन्त्रालयले गरेको छ।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने आधारमा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

काठमाडौं र पोखराको हकमा भने ‘प्रदूषण परीक्षण नगरी २० वर्ष कटेका सवारी प्रतिबन्ध लगाउने’ हालको व्यवस्थालाई भने निरन्तरता दिने प्रस्तावमा उल्लेख छ।

यातायात व्यवस्था विभागले गत १ चैतदेखि २० वर्ष पुराना सवारीलाई मुलुकभर चलाउन प्रतिबन्ध लगाएको थियो। यसअघि विभागले फागुन ०७३ देखि नै काठमाडौं उपत्यकामा यस्ता सवारी सञ्चालनमा रोक लगाएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  ७ : ४६ बजे