अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च



 कच्चा तेलको मूल्य सोमबार चार वर्षयताकै उच्च मूल्य अर्थात् ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ ।

यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चातेलको मूल्यमा कमी ल्याउन दबाब दिएपनि ओपेक र अन्य तेल उत्पादक राष्ट्रहरुले अमेरिकी राष्ट्रपतिको आग्रहलाई बेवास्ता गरेका कारण तेलको मूल्यमा पछिल्ला दिनहरुमा वृद्धि भइरहेको छ ।

नोभेम्बरका लागि ब्रेन्ट कच्चातेलको मूल्य प्रति ब्यारेल ८०.९४ डलर पुगेको अन्तर्राष्ट्रिय संचार माध्यम हरुले जनाएका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  १२ : ३५ बजे