मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ नम्बर प्रदेशको नाम सुदूर पश्चिम, राजधानी कैलालीको गोदावरी,



धनगढी ।

प्रदेश ७ को राजधानी यसअघि क्षेत्रीय सदरमुकाम दिपायलमा हुनुपर्ने माग राख्दै पटक–पटक आन्दोलन भएका भएता पनि प्रदेशको राजधानी गोदावरी नगरपालिका–४ तेघरी र प्रदेशको नाम सुदूरपश्चिम रहने भएको छ ।

प्रदेश ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिले दिएको प्रतिवेदन प्रदेश सभामा पेश भय सगै यस्तो सम्भाबना बढेर गएको हो ।

सासंद तारा लामा तामाङको नेतृत्वमा गठित संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका–४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।

भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि मात्रै प्रदेश सभा बैठकमा पेश भएको हो ।

पेश भएको २४ घण्टापछि मात्रै प्रतिवेदनमाथि सभामा छलफल हुनेछ । प्रदेश सभाका सदस्यले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न सक्ने छन् । प्रदेश ७ को राजधानी यसअघि क्षेत्रीय सदरमुकाम दिपायलमा हुनुपर्ने माग राख्दै पटक–पटक आन्दोलन भएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  ११ : ४१ बजे