मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशमा आयोजना हुने यू–१९ एसिया कप खेल्ने नेपाली टिम घोषणा



काठमाडौं–

बंगलादेशमा आयोजना हुने एसिससी यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा भउको छ। आगामी १३ असोजदेखि सुरु हुने प्रतियोगिताका लागि आसिफ शेखको कप्तानमा १५ सदस्यीय टिम घोषणा गरिएको छ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने मनोज कटुवाल सहायक प्रशिक्षक छन्। यस्तै शक्ति गौचन व्यवस्थापक रहेका छन्। विक्रम न्यौपाने फिजियो छन्।

नेपाली टिम
आसिफ शेख (कप्तान), कमलसिंह ऐरी, रोहितकुमार पौडेल, रवि साह, नन्दन यादव, रित गौतम, पवन सराफ, रविन्द्रजंग शाही, रसिद खान, भीम सार्की, तृत्रराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी, सूर्य तामाङ

यू-१९ एसिया कपमा नेपाल समूह ए मा छ। नेपालले पहिलो खेलभारतसँग खेल्नेछ। यो समूहमा नेपालसहित भारतसँगै अफगानिस्तान र युएई छन्। समूह बी मा आयोजक बंगलादेश, श्रीलंका, पाकिस्तान र हङकङ छन्। नेपाली टिम आगामी असोज ११ गते बंगलादेश जाने कार्यक्रम छ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  २ : २२ बजे