मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले पक्राउ नगर्ने गरी रिहा भए , विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा



ठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रिहा भएका छन् । उनी मंगलबार प्रहरीले पक्राउ नगर्ने गरी रिहा भएका छन् ।

यसअघि अदालतको आदेशमा रिहा नभएका प्रकाण्ड सर्वोच्चको पाँचौंपटकको आदेशबाट रिहा भएका हुन् । प्रकाण्डको पक्राउले नेकपासँगको वार्तामा समस्या पर्ने भन्दै सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका थिए ।

पहिलो पटक गत साउन २२ गते प्रकाण्ड चन्दा लिएको विषयमा काठमाडौं टौदहबाट पक्राउ परेका थिए । उनलाई बिभिन्न अभियोगमा काठमाडौँ, काभ्रे, नुवाकोट, भोजपुर, दाङ र पछिल्लो समय उदयपुरको हिरासतमा राखिएको थियो ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले मंगलवार प्रकाण्डलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

प्रकाण्डमाथि म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको लगायतको आरोप लगाउँदै आइएको थियो ।

रिहा भएलगत्तै माइतीघरमा आयोजित सभामा प्रकाण्डले क्रान्ती जारी रहेको बताएका छन् । विप्लवमाथि बादल बढी नै अनुदार हुँदा प्रकाण्ड मारमा परेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार  १० : ३३ बजे