मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 नेपाल हिन्दू राष्ट्रनै हुनुपर्छ – कांग्रेस केन्द्रीय सदस्य भण्डारी



दमौली ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालमा हिन्दू राष्ट्र चाहिने बताएका छन् ।  उनले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई आफुले  निरन्तरता दिने समेत ब ताएका  छन् ।

उनले राजतन्त्र राख्नु पर्दथ्यो भन्ने आफ्नो मान्यता नभएको बताएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन उनले आफूले व्यक्त गरेको अभिव्यक्तिलाई केही सञ्चार माध्यमले तोडमोड गरी समाचार प्रकाशित गरेको विषय प्रति असहमति जनाउँदै यस्तो बताएका हुन् ।

 राजतन्त्रका विषयमा पार्टीले गरेको निर्णय प्रति आफ्नो समेत पूर्ण सहमति रहेको बताउदै  उनले राजतन्त्र रहने र नरहने भन्ने विषय आफ्नो काबु भन्दा बाहिरको विषय भएको समेत बताए  ।

 यद्यपी  राजतन्त्र अन्त्य हुँदै गर्दा वर्तमान समयमा आफूले मात्र नभई नेपाली जनताले कुनै गर्व गर्ने ठाउँ नरहेको बताए । उनले भने, ‘राजतन्त्रको अन्त्य हुँदै गर्दा नेपाली जनताले मुलुक समृद्ध भएको हेर्न चाहेका थिए  तर नेताहरुको असक्षमताका कारण मुलुक समृद्ध हुन सकेन ।’

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  १ : ५६ बजे