मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगण्डकी जलविद्युत आयोजनामा सरकारले संस्थागत भ्रष्टाचार गरेको छ , कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत



धनगढी।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेस विधान संशोधन सुझाव संकलन समितिको बिहिबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  स्वदेशी पुँजीले बनाउने भनिएको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिँदा  सरकारको ठूलो चलखेल गरेको बताएका छन् ।

उनले भने– यति ठूलो आयोजना गेजुवालाई दिने काममा सरकारले ठूलो चलखेल गरेको छ र यसमा हामीले स्पष्ट रुपमा नेपालको वर्तमान सरकारबाट नीतिगत र संस्थागत भ्रष्टाचार भएको देखेका छौँ ।

उर्जामन्त्री आफैले यो नेपालको ठूलो र महँगो आयोजना भएकोले स्वदेशी पूँजी पुग्न नसक्ने देखेर विदेशीलाई दिनुपरेको बताएको प्रसंग उल्लेख गर्दै सहमहामन्त्री डा.महतले भने, ‘यो जस्तो वाहियात तर्क केही होइन किनभने हामीलाई महँगो लागेको यो आयोजना के चिनियाँ कम्पनीले सित्तैमा बनाइदिने हो र ?’

नेपाली कांग्रेस विधान संशोधन सुझाव संकलन समितिको बिहिबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले वर्तमान सरकारले बदनियतपूर्वक र ठूलो चलखेल गरेर चीनलाई उक्त आयोजना जिम्मा लगाएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको धराणा राखे ।

डा.महतले वर्तमान सरकारकै कारण जनता आक्रान्त र आक्रोसित भएको र कम्युनिष्ट शासन तानाशाहभन्दा कम नभएको अनुभव जनताले सुनाउन थालेको बताए ।

देशमा संस्थागत रुपमै भ्रष्टाचार मौलाएको, शान्ति सुरक्षाको अवस्था नेपालको इतिहासमै सबैभन्दा नाजुक रहेको, दिनहूँजसो हत्या र बलात्कारका घट्ना सुन्नुपरेको, महँगीको मारले जनताको ढाड सेकेको भन्दै जनता यो सरकारबाट अवाक भएको सहमहामन्त्री डा.महतले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  २ : ३२ बजे