मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्धीपनि कांग्रेस कै नेतृत्वमा – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल



वीरगन्ज –

 नेपाली कांग्रेस केन्द्रिय विधान संशोधन समितिले शुक्रबार वीरगन्जमा आयोजना गरेको  प्रदेश स्तरिय सुझाव संकलन भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले कम्युनिष्टहरुबाट नेपालको विकास र नेपाली समृद्धी हुन नसक्ने धारणा व्यक्त गरेका छन् । उनले नेपालमा सबै राजनीतिक परिर्वतन कांग्रेस कै नेतृत्वमा भएकाले समृद्धीपनि कांग्रेस कै नेतृत्वमा हुने ठोकुवा गरे।

                                           

 नेता पौडेलले समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको चाहनालाई दुई तिहाई बहुमत प्राप्त कम्युनिट सकरारले पुरा गर्न नसक्ने दावी  गर्दै  समृद्धीपनि कांग्रेस कै नेतृत्वमा हुने ठोकुवा गरे।

उनले मुलुकमा काम गर्ने वातावरण र सहज परिस्थिती भएपनि वर्तमान सकरारले समृद्धी हासिल गर्ने हालसम्म केही नगरेको आरोप लगाए ।दुई तिहाइको सरकारले केही गर्न नसकेको जनताले देखेपछि नेपाली जनता पुनः कांग्रेसको आसामै बसेकाले आउने निवाचनमा  कांग्रेस बुहमतले सरकार बनाउने दावी गरे।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  २ : ०५ बजे