मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब नेपालिले रोजगारीका लागि मलेसिया जादा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने



काठमाडौं–

नेपालका तर्फबाट  श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहित परराष्ट्र र कानून मन्त्रालयका सहसचिव सम्मिलित ३ सदस्यीय टोलीले   नेपाल मलेसियाबीच कामदार आदानप्रदानका विषयमा गरिने एमओयूको विषयबस्तुमा सहमति जुटाएको छ । सहमति अनुसार श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने सहमति भएको छ।

दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको छलफलमा यस्तो सहमति जुटेको मलेसियका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलले जानकारी दिए।

नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारसँग चर्को शुल्क असुली हुने गरेपछि मलेसियाको रोजगारी नै बन्द गरेर श्रम तथा रोजगार मन्त्रालयले रोक लगाएको थियो। यो सहमतिसँगै मलेसियामा  दुई महिना भन्दा लामो समयदेखि रोकिएको रोजगारी खुल्ने भएको छ ।

हाल यस  विषयमा छलफल गर्न श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली सम्मिलित ३ सदस्यीय टोली मलेसियामा छ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  २ : ३३ बजे