मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका भ्रमणमा



न्युयोर्क ।

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकातिर गएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई उनी कोस्टारिका गएका हुन् ।

 ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आइतबार सान होजेतर्फ प्रस्थान गरेका हुन् ।

ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

 त्यतिठूलो एजेन्डा केही नभए पनि  प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् ।

उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ४ : ५३ बजे